रेबा घिमिरे
मोरङ,
२० चैत
विराटनगरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नगर कार्यालय भवन निर्माण शुरु गरेको छ । विराटनगर नगरपालिका–७ स्थित छ कठ्ठा जग्गामा रु १४ करोड ६३ लाख ५५ हजार ५९० लागतमा नयाँ भवन निर्माण हुने इञ्जिनीयर अर्जुन थापालेबताउनु भयो ।

आगामी दुई वर्षमा भवन निर्माण सम्पन्न गरिने छ । महानगरका प्रमुख भीम पराजुलीले भवनको आज शिलन्यास गर्नुभयो । नयाँ भवनबाट सेवाग्राहीले सेवा प्राप्त गरेपछि प्रशासनिक काम सहज हुने बताउनु भयो ।

जनसहभागिता सहयोगमा आजै विराटनगर विमानस्थल जाने ५०० मिटर सडकको शौन्दर्यकरण कार्यको महानगर प्रमुख पराजुली र उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले संयुक्त रूपमा शिलन्यास गर्नुभयो । महानगरपालिकाको अनुदान रु ७६ लाख २७ हजार ९३० र जनसहभागिताबाट रु २८ लाख ८३ हजार ३९८ गरी जम्मा ९६ लाख ११ हजार ३२९ को लागतमा आगामी विसं २०७९ जेठ मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ