कर्णाली,

२१ चैत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ग्रेजुएट सम्मेलन सुरु भएको छ । यहाँको नवीन खोज, अनुसन्धान तथा सम्भावना बढाउन तथा कर्णालीमा आठौँ सम्मेलन सुरु गरिएको हो ।

आठौँ ग्रेजुएट सम्मेलनमा विभिन्न १२ वटा विषयगत प्रस्तुतिकरणअन्तर्गत दर्शनशास्त्र र विकास, खाद्यसुरक्षा, जलस्रोत तथा ऊर्जा, शिक्षा तथा व्यवस्थापन शास्त्र, कृषि तथा वन, जलवायु परिवर्तन र प्रकोप, समाजशास्त्र, प्रदूषण, नवपर्वतनजस्ता विषयमा सहभागीले मौखिक तथा प्रस्तुति दिने मध्यपश्चिम विश्विद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सहप्राध्यापक सुदीप ठकुरीले जानकारी दिनुभयो ।

“पहिलो पटक खोज, अनुसन्धानमा रुची राख्नेका लागि ग्रेजुएट सम्मेलन आज सुरु भएको छ र यो कर्णालीका लागि सुर्वण अवसर हो । खोज अनुसन्धान गर्नेका लागि ग्रेजुएट सम्मेलन एउटा महत्वपूर्ण प्लेटफर्म हुनेछ”, डीन डा ठकुरीले भन्नुभयो, “सम्मेलनमा नेपालसहित छ देशका करिब २०० गे्रजुएट, पोष्ट ग्रेजुएट, तथा प्रि–पीएचडी अध्ययनरत शोध तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गर्ने र कर्णाली केन्द्रित समस्याको विस्तृत व्याख्या तथा विश्लेषण भएको छ ।”

उहाँले सम्मेलन भोलिसम्म चल्ने बताउनुभयो । डा ठकुरीका अनुसार सम्मेलनमा नेपालसहित भारत, इथोपिया, चीन, थाइल्याण्ड, भुटानलगायत शोध तथा अनुसन्धानकर्ताहरूले कार्यपत्र प्रस्तुत गरेका छन् । सामूहिक छलफल तथा उत्कृष्ट अनुसन्धान तथा शोधकर्तालाई सम्मान गर्ने कार्यक्रम जनाइएको छ । उहाँका अनुसार कर्णाली प्रदेशका शोध तथा अनुसन्धानमा रुची राख्ने विद्यार्थीहरूले सःशुल्क सम्मेलनमा सहभागिता गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ