स्याङ्जा, सरिता गैह्रे
स्याङ्जा दामाचौर र पाल्पा रामपुर जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका- ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर रामपुर जोड्ने पक्की पुल आइतबार साँझ भत्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।




प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार निर्माणको क्रममा क्रेनले फलामको बिम जोड्ने काम भइरहँदा भत्किएको हो । कामको क्रममा अचानक बिमसहित कामदारहरू खस्दा आठ जना घाइते भएका हुन्।
घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा हरिहरपुर-८ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन्। घाइतेमध्ये राम निवास कुमार पटेल र धनन्जय ठाकुरको अवस्था गम्भीर छन् भने घाइतेको सबै उपचार खर्च निर्माण कम्पनिले नै ब्यहोर्ने कम्पनीका प्रतिनिधिले बताएका छन् ।
कामदारहरू ९ मिटर माथिबाट खसेका थिए। कम्पनीका प्रतिनिधिका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















