पपुवा न्युगिनी (पिएनजी) र मलेसियाविरूद्धको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल च्याम्पियन बनेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको थियो। दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको हो। नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।




कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।
पिएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे। उनले ५९ रन जोडे। करण केसीको बलमा अविनास बोहराबाट क्याच हुनुअघि उनले ३८ बलमा १ चौका र ६ छक्का हिर्काए। पिएनजीका ओपनरद्वय लेगा सिएका र असद भाला ८-८ रनमा आउट भए। चार्ल्स अमिनी १५ रन, टोनी उरा, रिले हेकुरे ६ रन र नोर्मान भानुआ ० र चाड सोपर ७ रनमा आउट भए। बलिङमा नेपालका लागि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिन सफल भए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















