मकवानपुर,

 २१ चैत्र
मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । आइतबार विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्वरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ