स्याङ्जा, सरिता गैह्रे
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढे सङ्गै स्थानीय तहमा थुप्रै व्यक्तिहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्दै आएका छन । निर्वाचनको समय नजिकिदैँ जाँदा गाउँदेखि शहरसम्म चुनावी माहोल तात्न थालेको छ । अन्य पार्टीका नेता-कार्यकर्ता तान्नदेखि आफ्नो पक्षमा माहोल बनाउन दलहरु कस्सिएर लागिसकेका छन् । प्रमुख चार पार्टीका नेताहरु चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ पस्न थालेपछि मुलुक चुनावमय हुँदैछ । त्यसो त स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसबाट मेयरमा कसले टिकट पाउला भन्ने चर्चा सँगै अझ धेरै चुनावी चहलपहल बढेको छ ।





स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसबाट मेयरमा महेश भट्टराईको बलियो दाबेदारी
यसैक्रममा स्याङ्जा जिल्लाको गल्याङ वडा नम्बर ३ का बर्तमान अध्यक्ष गल्याङ नगरपालिकाको मेयरमामा काँग्रेसबाट महेश भट्टराईको बलियो दाबेदारको रुपमा देखा परेका छन । अहिले स्याङ्जा २ प्रदेश ख सभापति समेत रहेका भट्टराई वडा नम्बर ३ का बर्तमान वडा अध्यक्ष समेत हुन् भने त्यस क्षेत्रका चर्चित नेता हुन्। राजनैतीक परिवारका ब्यक्तित्व भट्टराई स्थानिय जनताको बीचमा निकै लोकप्रिय रहेका छन्। उनि विगत लामो समयदेखि विभिन्न समितिहरुको अध्यक्ष रहदै थुप्रै विकासका कामहरु अघि बढाएका छन्। त्यस क्षेत्रमा विकासकासप्रेमी नेताको रुपमा परिचित छन् । उनको लगनशीलता,दक्षता र कार्यकुशलताले उनि वडा र नगरका हरेक गतिविधिमा आफु र आफ्नो टिमलाई खरोरूपमा उतार्ने गरेका छन्। वडाको नेतृत्व गरेदेखि केहि न केहि फरक विकासका कार्यहरु गर्दै आएका भट्टराईलाई भिजन भएको नेतृत्वको रुपमा त्यहाका स्थानिहरुले उनलाई बुझ्ने गर्दछन। भट्टराईले वडा अध्यक्ष भएर गल्याङ नगरपालिका ३ मा थुप्रै विकासका कामहरु गरेका छन।
उनी विगत लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका छन । भुकम्पको बेला होस या विश्वाब्यापी कोभिडको महामारिको बेला अहोरात्र जनताको सेवामा खटिएका भट्टराईलाई गरिवको सेवकका रुपमा जिल्लामा पारीचित छन् ।
भट्टराई परिवारकै अर्का उमेद्वारका रुपमा गुरु प्रसाद भट्टराई पनी प्रमुख दाबेदार रहेको छ । सर्वाधिक मत सहित जिल्ला सचिव बिजेता गुरु प्रसाद भट्टराई युवा माझ चर्चामा रहेका नेता हुन् । विद्यार्थी राजनीति बाट आफ्नो राजनैतीक यात्रा सुरु गरेका भट्टराई स्वच्छ छबी भएका निस्टावान नेताको रुपमा स्याङ्जा काँग्रेसमा पारीचित छन् । वडा र नगरका हरेक गतिविधिमा आफुलाई खरोरूपमा उतार्ने गरेका छन्। त्यसैले दाबेदार धेरैको देखिएता पनि सम्भावना भने दुई भट्टराई मध्य एक को हो भन्न्छन् स्थानिय जनता ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















