काठमाडौँ,

२३ चैत
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको आज निरीक्षण गर्नुभएको छ ।

मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिँदै निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताउनुभयो । उहाँले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनःस्थापना गर्न विकल्प खोज्न सकिने उल्लेख गर्नुभयो ।

सो अवसरमा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको र आगामी असारसम्म सम्पन्न गरिसक्ने जानकारी दिनुभय
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ