
रेबा घिमिरे
काठमाडौँ,




२५ चैत
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताउनुभएको छ । नेकपा एमाले सञ्चार इलाकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताउनुभयो ।
प्रधानमन्त्रीका रूपमा रहँदा केपी शर्मा ओलीले नागरिकलाई सपना देखाउनुभएको र ती सपना साकार बनाउन काम थाल्नुभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हिजो शिल्यान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।” नेकपा (एमाले) प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताउनुभयो । अहिले सबैतिर पार्टी प्रवेशको लहर नै रहेको उहाँले औँल्याउनुभयो ।
यो पटक पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उहाँको भनाइ छ । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उहाँले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














