




हाम्रो देश का लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थलापरेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताउनुभएको छ । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनको भ्रातृ संस्था गेट भोकेसनलद्वारा आज ‘कर्मसियल कुकरी थ्री’ कोर्ष पूरा गरेका पाँचौँ ब्याचको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालमा २५ वटा नयाँ पाँचतारे होटल आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रूपमा रहेकाले यहाँ आउन चाहनेले यसबाट लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो ।
सेफ सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मकपन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताउनुभयो । गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले गेट कलेजले सन् २०१५ बाट अष्ट्रेलियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ जना विद्यार्थी दीक्षित गराएको जानकारी गराउनु भयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














