विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेकी बास्कोटालाई मेयरमा र केन्द्रीय सदस्य तुलाधरलाई उपमेयरमा उठाउने निर्णय गरेको हो।




३८ वर्षकी बास्कोटाले अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेकी छन्। उनी ०७४ मा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सभा उम्मेदवार थिइन्। उनले त्यसबेला तेस्रो स्थानको मत ल्याएकी थिइन्।
२ वर्षकी उनले शिक्षामा उनले स्नातकोत्तर गरेकी छन्। चुनावी अभियानको नेतृत्व भने केन्द्रीय सदस्य अनुपा श्रेष्ठले गर्ने विवेकशील साझाले बताएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















