
रेबा घिमिरे




बनेपा, ५ वैशाख
स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधिअन्तर्गतको ‘म्यामोग्राफी’ सेवा अब धुलिखेल अस्पतालबाट उपलब्ध हुनेछ । यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्रा.डा. सुमनराज ताम्राकारले बताउनुभयो ।
स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने गरेको पाईन्छ । रोग शरीरका अन्यत्र भागमा फैलिसकेको अवस्था हुन सक्ने भएकाले बेलैमा उपचार गरी ढुक्क हुन हरेक महिलाले यसबारेमा थाहा पाउन र परीक्षण गर्न आवश्यक रहेको अस्पतालका डाक्टर ताम्राकारले बताउनुभयो । “शरीरको अन्य भागमा झैँ स्तनका कोषहरुमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ,” उहाँले भन्नुभयो, “उमेर ढल्किसकेका महिला, अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, कम उमेरमै महिनावारी सुरु भएका तथा ढिलो गरी मात्र महिनावारी भएका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।”
शङ्का लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्स–रे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सक्ने भएकाले यसबाट बेलैमा उपचार गर्न नियमित रुपमा स्तन परीक्षण गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















