राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री सम्मानित भएका छन्। चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कार आइतबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६/०७७ का १० विधामा विजयीलाई पुरस्कार प्रदान गरिएको हो।

बोर्डले २०७६/२०७७ को राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो। पटकथा लेखन विधामा ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट बने ।

उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट बने । ‘कबड्डी कबड्डी कबड्डी’बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते । आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले अवार्ड जित्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड जिते ।

यसपटक २०७६ र २०७७ सालमा प्रदर्शन भएका फिल्ममध्येबाट पुरस्कार वितरण गरिएको हो ।

२०७६ सालमा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले जिते । २०७७ सालको विशेष फिल्म चाहिं ‘सरिता’ बन्यो । २०७६–२०७७ सालको दीर्घ साधना सम्मानबाट अभिनेत्री भुवन थापा र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए । सम्मानित दुवैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ