रेबा घिमिरे
झापा, १० वैशाख
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गर्नुभयो ।आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताउनुभयो ।
“राजा र पञ्चायतलाई गाली गरेर अब खानेदिन गए”, सत्ता साझेदार दल र एमालेप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “देश र धर्म जोगाउने पार्टी राप्रपा हो । राजनीतिलाई पेशा, व्यवसाय बनाएर खानेहरूको जनताले आगामी चुनावमा बाक्सा खाली गरेर देखाइदिने छन् ।”
उहाँले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal