रेबा घिमिर
झापा,
१२ वैशाख
नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ ।




पार्टीले प्रमुखमा विर्तामोड नगरपालिकामा भोजराज सिटौला, भद्रपुरमा गणेश पोखरेल, शिवसताक्षीमा पर्शुराम ढुङ्गाना, गौरादहमा रोहित शाह, कनकाई नगरपालिकामा रुद्र चिमरिया, मेचीनगरबाट इन्द्रकुमार बुढाथोकी र अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्कीलाई उम्मेद्वार चयन गरिएको नेपाली कांग्रेसका प्रदेश सचिव कृष्ण हुमागाईंले बताउनुभयो । सबै पालिका उपप्रमुख नेकपा माओवादी केन्द्र ले पाएको छ । माओवादीले हालसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशी, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाउने टुङ्गो लगाएको सचिव हुमागार्इंको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














