काठमाडौं, सरिता गैह्रे
टोखा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले जुझारु युवा नेतृ रजनी थापालाई उठाएको छ ।
यो नगरपालिकामा लोकप्रियताका आधारमा थापालाई मेयरमा उठाइएको कांग्रेसले जनाएको छ ।खुलाल सिंह खत्रीको प्रस्ताव र अरुण श्रेष्ठको समर्थनमा थापाले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । भने, उपमेयरमा मुरारी तामाङको उम्मेदवारी दर्ता भएको हो । थापा समाजसेवामा समेत निकै सक्रिय छिन् । उनले नेपाली कांग्रेसका नेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ जस्ता भातृसंगठनमा बसेर कुशलतापुर्वक काम गर्दै आएकिछिन् । पछिल्ला बर्षहरुमा उनि पार्टीमा क्रियाशिल थिइन् ।
रजनी थापाको टोखा नगर क्षेत्रमा राम्रो प्रभाव रहेको जानकारहरु बताउँछन् । नगरको विकास र प्रगतिका लागि काम गर्न सक्ने क्षमता रजनीमा रहेको यहाँका नागरिकहरुको बुझाई रहेको छ । उनले मानविकीका चार बिषयमा स्नाकोत्तर, कानुनमा एलएलबी तथा पिएचडी अन्तराष्ट्रिय स्कलर समेत गरेकी छिन् ।
टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका लागि १४ जनाको उम्मेदवारी परेको हो ।साविकको गोङबु, धापासी, टोखा, झोर महाङ्काल गाउँ विकास समितिलाई समावेश गरेर स्थापना गरिएको टोखामा हाल ११ वडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ