काठमाडौँ,

१७ वैशाख
‘स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा आज गृह मन्त्रालयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

गोष्ठीमा भर्चुअल रुपमा प्रदेशगत प्रस्तुतीकरण गरिएको थियो । प्रदेशगत प्रस्तुति सुनेपछि गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध प्राप्त स्रोतसाधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै मन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ ।

गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्यय भएकाले त्यसै अनुरुप काम गर्न निर्देशन दिनुभयो । सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीले सीमित स्रोतसाधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्ष मन्त्रालयले राखेको गृह सचिव पाण्डेले बताउनुभयो ।

बैठकमा भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेशका सुरक्षा निकायका प्रमुख सहभागिता थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ