रुपन्देही,
१८ वैशाख
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनुभएका एक जनाको निधन भएको छ ।




नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।
उहाँको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















