रेबा घिमिरे
काठमाडौँ,
१८ वैशाख
ओम आदि फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवामूलक काम गर्न गत वर्ष वैशाखको कोरोना सङ्क्रमण तीव्र भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो । कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको फाउन्डेसनका महासचिव भोलानाथ रेग्मीले राससलाई जानकारी दिनुभयो ।
कोषमा बालयोगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ । शिष्यलाई पनि कोषमा सहयोग जम्मा गर्न कर गरिएको छैन । इच्छा लाग्नेले जम्मा गर्नसक्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । त्यही रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal