काठमाडौँ,

१९ वैशाख
नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो । दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना गर्नुभयो । उहाँले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोहो¥याउने काम हुने अपेक्षा रहेको बताउनुभयो ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने र कर्मचारीको वृत्तिविकास, साङ्गठनिक सुदृढीकरणमा जोड, थपिएका सुरक्षा चुनौतीको सामना गर्न तथा अपराधी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्दै आम नागरिकमाथि नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धितर्फ आगामी रणनीति केन्द्रित रहने जानकारी दिनुभयो ।

समाराहेमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको कार्यसम्पादनका सूचक र मानकलाई अझै माथि उठाउन मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ