




रेबा घिमिरे, काठमाडौँ ,
बैशाख २०
अक्षयतृतीया आजको दिन गरेको शुभकर्मको अक्षय फल मिल्दछ तथा आजकै दिन भगवान पर्शुराम को जन्मजयन्ती,भगवान शिवपार्वतीको बिवाह भयेको दिनलाई मानिन्छ ।
,भगवान वेदब्यास ले महाभारत लेखन कार्यारम्भ गरेको दिन,आजकै दिनबाट त्रेतायुगको आरम्भ भयेको मानिन्छ साथै आजकै दिन द्रौपदिलाइ भगवान सुर्यले अक्षयपात्र दिनुभयेको थियो।
आजकै दिन भगिरथ राजाले यस धर्तिमा गङ्गालाइ अवतरित गराउनुभयेको भन्ने मान्यता छ। तसर्थ यस बिशेष दिनमा नदिमा गयेर स्नान गरि जौ को सातु-सर्वत,छाता,जुत्ता,सुन,अन्न,सख्खर, कुबिन्डो,कमण्डलु आदि दान गरि आजको दिन भगवान बिष्णुलाइ समेत चामलको अक्षताले पुजागर्न पाउने मान्यता रहेको छ। यसो गरेमा अक्षयपुन्य मिल्नेछ विश्वास गरिन्छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















