रेबा घिमिरे
कर्णाली,
२० वैशाख
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य हो । मुलुकमा रहेका अनेकौं, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal