काठमाडौँ,

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

२० वैशाख
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले आफू नगरप्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।

“श्रमको सम्मान गरेमात्र देशको विकास हुन्छ, म नगरप्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु”, उहाँले भन्नुभयो । सिंहले काठमाडौँभित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०३३ सालमा आफूले नेविसङ्घको क्रियाशील सदस्यता लिएर विद्यार्थी राजनीति सुरु गरे पनि पार्टीभित्र कुनै पद नलिएको बताउँदै अब पद लिने बेला आएको उल्लेख गर्नुभयो । “मैले पार्टीभित्र कुनै पद पनि लिइन, राजनीतिक पनि छोडिन, प्रजातन्त्र पुनःस्थापनाका र जनताको हक अधिकारका लागि निरन्तर लडिरहेँ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौँभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सिसी क्यामरा र पोलपोलमा बिजुलीबत्तीको व्यवस्था गर्ने स्पष्ट पार्नुभयो । उहाँले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नाका साथै गृहिणी महिलाका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ