नेपाली कांग्रेसले गल्याङ नगरपालिकाको मेयरको उम्मेदवारमा जिल्ला सचिव समेत रहेका गुरुप्रसाद भट्टराईलाई टिकट दिएको छ । महासमिति सदस्य समेत रहेका भट्टराईलाई गल्याङले खोजेको युवा उम्मेदवार हुन् । भट्टराईलाई गल्याङबासिको साझा उम्मेदवार सगै एक कुशल राजनीतिक सेवक पाएको महशुष गल्याङवासीले गरेका छन् । २६ वर्ष सक्रिय राजनीतिमा रहेका भट्टराई गल्याङ नगरपालिकाको मेयर बन्ने दौडधुपमा घरदैलो देखी कोणसभामा व्यस्तता बढेको छ ।

समान्य राजनीतिक चेतना भएको कृषक परिवारको छोरा भट्टराई विद्यार्थी राजनीतिबाट पार्टीमा आएको युवा उम्मेदवार हुुन। अहिलेसम्म कसैको लागि केही नराम्रो काम नगरेका र समाज परिवर्तनका लागि अग्रपङ्तिमा रहेर योगदान गरेको युवा उम्मेदवार भएकाले सबैले मतदान गरेर भट्टराईलाई बिजयी गराउने नगरबासिको ईच्छा रहेको नगरबासिको मत छ । आफुलाई गल्याङ नगरबासीको सेवा गर्ने चाहनाले नेपाली काङ्रेस पार्टिले जनताको प्रतिनिधिको रुपमा उम्मेदवार बनाएको भट्टराईले विश्वसमाचारलाई बताए ।

नगरपालिकाका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण, नगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा, नगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा, सेवा र सामाजिक कार्यमा प्रदान, नगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको विज्ञ समूह गठन गर्ने एजेन्डा भट्टराईको रहेको छ ।

भट्टराई गल्याङको संस्कृति, परम्परा, धर्म, रितिरिवाज सबैलाई संरक्षण गर्दै आएको तपाईहरुकै परिवारको सदस्य भएकाले एक भोट मलाई दिनुस्, यहाँहरुले सोचेको, खोजेको जस्तै गल्याङ म बनाउँछु भन्दै स्वच्छ हराभरा गल्याङ बनाउँछु, सामाजिक सुरक्षा दिने र आफ्नो कर्मले यस नगरलाई कृषि, पशुपालन र पर्यटकीय गन्तव्यको स्थल बनाउने प्रतिज्ञा गरेका छन् । साथै भट्टराई जितको सम्भावना बोकेका उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ