
रेबा घिमिरे
काठमाडौँ,




२६ वैशाख
नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ ।
कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ ।
सन्देशमा भनिएको छ, “यस विशेष दिनमा उहाँहरूप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी न्यायपालिकाको प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गर्दछौँ ।”
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















