विराटनगर,

 

२८ वैशाख

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।

प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, ¥याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।

उहाँहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्यायन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।

निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । उहाँले यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अतिसंवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून छ भन्नुभयो ।

यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । झापामा निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार ९००, सशस्त्र प्रहरीका ७५५, म्यादी प्रहरी दुई हजार ९१६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८०० खटिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ