काठमाडौँ,
२९ वैशाख
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको हो ।




यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले घटेर ४५३.९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ८०.२५ र अन्य उपसमूह ७.३९ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ १.७३, व्यापार २९.५६, होटल तथा पर्यटन ३४.७७, विकास बैंक ८९.०२, जलविद्युत् ५३.७२, वित्त ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त ७४.५७, जीवन बीमा २५७.१४, सामूहिक लगानी कोष ०.१८ र लगानी १.३७ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १० लाख ६७ हजार ४१८ बराबरको कारोबार भयो । त्यस्तै राधी विद्युत् कम्पनी रु आठ करोड १० लाख ३४ हजार ९५७, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड आठ लाख २४ हजार ८७८, प्राइम लाइफ इन्स्योरेन्स रु सात करोड ८३ लाख ९० हजार ७९२ र नयादी ग्रुप अफ पावर रु सात करोड ४१ लाख ८५ हजार २५० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















