राजविराज,
३० वैशाख
पूर्व निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले राजविराज नगरपालिका– २ स्थित राप्रवि राजदेवी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँले स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।




मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा आफूलाई गर्व महसुस भएको बताउनुभयो । आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन उहाँले आग्रहसमेत गर्नुभएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















