काठमाडौँ,
३१ वैशाख
कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनुभयो ।





उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिनुभएको पनि उहाँले बताउनुभयो । नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाले र नेकपा (एकीकृत समाजवादी) भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।
नौ वटा वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















