कास्की,
३१ वैशाख
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखी मतगणना सुरु भएको छ । यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको ।




पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।
पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो । पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा(एमाले)बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















