दार्चुला, ३१ वैशाख
व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको ।

दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पु¥याइएको थियो ।

व्यास गाउँपालिका–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ । मोती महिला सङ्घ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ