5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610
इटहरी;५जेठ
इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले मतान्तर फराकिलो बनाउँदै छन् । नेकपा एमालेका यामकुमार सुब्बालाई पछि पार्दै उनले सुरुवात देखि नै लिएको अग्रता बढाउँदै छन् ।
२०७४ सालको निर्वाचनमा ८ वडा सहित उपमहानगरपालिकाको मेयर-उपमेयर दुवैमा विजयी भएको एमालेले यसपटक वडाको नेतृत्व बढाउने देखिएको छ । हालसम्म १, २, ३, १९ र २० नम्बर वडाको मतगणना सकिँदा वडा नम्बर १ र २० मा कांग्रेस र बाँकी वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
हालसम्म ४० हजार चार सय मत गणना हुँदा पौडेलले १८ हजार पाँच सय मत पाएका छन् भने सुब्बाले १५ हजार पाँच सय मत पाएका छन् । एमालेको प्रभाव क्षेत्रमा पनि पौडेलले अग्रता लिएपछि मतान्तर फराकिलो बन्दै गएको हो । सबैभन्दा बढी मत भएको वडा नम्बर २, ४ र ५ मा पौडेलले अग्रता लिएका छन् । कांग्रेसको वडाध्यक्षका उम्मेदवारले भने उल्लेख्य मत पाउन सकेका छैनन् ।
उता उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टलाई पछि चौधरीले १७ हजार ७ सय मत पाइन् । विष्टले १० हजार ७ सय मात्र पाएका छन् ।