काठमाडौँ,

५ जेठ
नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा कांग्रेसले विजय हासिल गरेको छ । नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गर्नुभएको छ । उहाँ वडा नं १५ का निवर्तमान वडाध्यक्ष हुनुहुन्थ्यो ।

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल हुनुहुन्छ ।

नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुनुहुन्छ ।  निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्र्नेछु

‘उत्पादन रोजगार र बजारीकरण ः प्रविधि युक्त सुशासन’ भन्ने चुनावी नाराका साथ उहाँ निर्वाचनमा होमिनुभएको थियो । उहाँका मार्गचित्रमा सुशासन एवं सूचनामैत्री नगर बनाउने, उत्पादन प्रवद्र्धन र प्रोत्साहन गर्ने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, प्रविधिमैत्री शिक्षामा जोड, गुणस्तरीय स्वास्थ सेवा प्रवद्र्धन, सफा र रमणीय वातावरण, पर्यटन प्रवद्र्धनः धर्म, संस्कृति, कला र गुठी संरक्षण लगायताका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ