इनरुवा,

५ जेठ
सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार शङ्कललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर नगरप्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४०५ मत ल्याउनुभयो । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेकी तारा थापा निर्वाचिन हुनुभएको छ ।

उहाँले १२ हजार २२० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित हुनुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ