झापा,

६ जेठ
बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बन्नुभएको हो । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गर्नुभएको छ । उहाँले १६ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गर्नुभएको छ । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहनुभएकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बन्नुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ