वीरगञ्ज, ६ जेठ
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो । महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरुको मत परिमाण आउन बाँकी छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ