विराटनगर,

१० जेठ
गणतन्त्र दिवस तीन दिन भव्य रुपमा मनाउन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । नियमित रुपमा बस्ने कार्यालय प्रमुखको बैठकमा आज उहाँले तीन दिन नागरिक समाज र सबै सरकारी कार्यालयमा दीप प्रज्ज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउन निर्देशन दिनुभएको हो ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

गणतन्त्र दिवस राष्ट्रिय पर्व भएकाले यसमा सबै कार्यालयमा र वरपर सरसफाइ गर्न र रचनात्मक एवं सिर्जनात्मक काम गर्न पनि प्रजिअ दाहालले निर्देशन दिनुभएको छ । सो अवसरमा प्रजिअ दाहालले भर्खरै सम्पत्र भएको स्थानीय तहको निर्वाचनमा आ–आफ्ना क्षेत्रबाट सहयोग राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राजनीतिक दललाई बधाई तथा शुभकामना दिँदै निकट सुरु हुने मनसुन र त्यसबाट उत्पत्र हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

नदीनालामा भत्किन लागेको पुल र बाटा बचावटको काम गर्न सम्बन्धित कार्यालयलाई सचेत गराउँदै प्रजिअ दाहालले भत्रुभयो, “सरकारले साप्ताहिक दुई दिनको बिदा दिँदा कर्मचारीले समयमा कार्यालय आउन र पूरा सयम बिताएर कार्यालय छाड्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ