काठमाडौँ,

१० जेठ
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताउनुभएको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा र स्वास्थ्यमा सकारात्मक फाइदा लिन सबैमा आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय पठनपाठनलाई निरन्तरता दिँदै विद्यार्थीको नैतिक पक्षलाई सबल बनाउन संस्थानलाई सुझाव पनि दिनुभयो ।

प्रधानसेनापति शर्माले कुनै पनि संस्थाको समयानुकूल विकास, सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य हुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिकित्सा क्षेत्रमा भइरहेको द्रुत विकास, अनुसन्धान तथा प्रयोगलाई आत्मसाथ गरी संस्थानलाई अगाडि बढाउन आग्रह गर्नुभयो । आधुनिक प्रणालीको शिक्षण पद्धति अङ्गाल्नेतर्फ संस्थान उम्मुख हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपालको समग्र शैक्षिक अवस्थालाई अभिवृद्धि गर्ने पवित्र कार्यमा संस्थानलगायत अन्य शिक्षण संस्थानमार्फत थोरै भए पनि योगदान गर्न पाउनु नेपाली सेनाका लागि गौरवको विषय बनेको उहाँको भनाइ थियो । उहाँले भविष्यमा यस्ता शिक्षण कार्यको परिधिलाई फराकिलो पार्दै थप कार्यक्रम ल्याउने कुरामा संस्थानले अझै कोशिष गर्ने अ‍ेपक्षा राख्नुभयो ।

संस्थानले हालको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको चिकित्सका शिक्षा दिनेमा विश्वस्त रहेको शर्माले बताउनुभयो । उहाँले गुणस्तरयुक्त मेडिकल शिक्षा दिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।

समारोहमा संस्थानका कार्यकारी निर्देशक प्रा डा नगेन्द्रबहादुर केसीले सैनिक कल्याणकारी योजनाअन्तर्गत स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विसं २०६८ मा संस्थान स्थापना भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यसिंह शाहले संस्थानले मुलुकका सैनिक परिवारका विद्यार्थीका साथै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ