
काठमाडौँ,
१० जेठ
काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।





बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















