ललितपुर,
११ जेठ
ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ ।
प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाउनुभएको छ ।
महानगरका २९ वडामध्ये कांग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविन व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १४ मा अमृतजङ्ग महत, १६ मा निर्मलरत्न शाक्य, २० मा चन्द्र महर्जन र वडा नं २८ मा गणेशकुमार महर्जन विजयी हुनुभएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal