चितवन,

१४ जेठ
नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

उक्त पहिराले मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९०९ नंको माइक्रोबस र सोही दिशाबाट आउँदै गरेको प्र३–०१–०२३च–०५३५ नंको कारमा क्षति पुगेको छ । घटनामा परी माइक्रोका चालक नवलपुर कावासोती–७ बस्ने ३६ वर्षीय टीकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ