काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । स्वतन्त्र रुपमा चुनाव लडेर मेयर पद जितेका बालेन्द्र साह (बालेन) शपथ ग्रहण समारोह स्थल राष्ट्रिय सभागृहको प्रमुख आकर्षणको केन्द्रमा थिए । उनी दौरा सुरुवाल र कालो भादगाउँले टोपी लगाएर शपथ ग्रहण समारोहमा पुगेका थिए । बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

साहले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।उनी शपथ ग्रहण समारोह औपचारिक समापन नहुँदै राष्ट्रिय सभागृहबाट बाहिरिएका थिए । प्रमुख निर्वाचन अधिकृत खतिवडा बोलिरहेको बेला मञ्चबाट बाहिरिएका बालेनले आजै काठमाडौं महानगरपालिकाको आफ्नो कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ