बागमती, १६ जेठ
हेटौँडा औद्योगिक क्षेत्रमा दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री जनार्दन शर्माको घोषणाप्रति हेटौँडावासी खुसी भएका छन् । विसं २०५७ देखि बन्द रहेको सो उद्योगलाई आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको बजेटमा सो घोषणा गर्नुभएको हो ।

बजेट प्रस्तुत गर्दै उहाँले बन्द रहेको उक्त कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने बताउनुभएको थियो । उद्योगबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेको व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरिएको बताइएको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

बजेटमार्फत रुग्ण उद्योगलाई पुनःसंरचना गर्दै सार्वजनिक पदमा बसेका उक्त उद्योगबाट उत्पादित कपडा लगाउने व्यवस्था गर्नै घोषणा गरेको हो । करिब रु २० करोडमा स्थापना भएको सो उद्योगको अवस्था राम्रो रहे पनि लामो समयदेखि बन्द छ । साथै त्यहाँ सशस्त्र प्रहरी कार्यालय खडागरी बसिरहेको छ । यस सम्बन्धमा सो उद्योग सञ्चालनको घोषणा अत्यन्त सकारात्मक रहेको हेटौँडा औद्यौगिक क्षेत्रका प्रमुख राजेन्द्र कँडेलले बताउनुभयो ।

यस्तै वन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्रा डा ललित कर्णले सरकारको आइतबार प्रस्तुत बजेटले सबै क्षेत्रलाई समेटेका बताउँदै रोजगारी र व्यवसायका लागि हेटौँडा कपडा उद्योगलगायत रुग्ण उद्योग पुनःसञ्चालन गर्ने प्रक्रिया अहिलेको आवश्यकता रहेको छ, भन्नुभयो । अर्थमन्त्री शर्माले जनकपुर चुरोट कारखाना र गोरखकाली रबर उद्योगसहित अन्य रुग्ण उद्योग सञ्चालनमा ल्याउने उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ