उमेश भट्टराई, काठमाण्डौ

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । तर यता मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो ।

सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । गत शुक्रबार पनि नेप्से परिसूचक १५.८२ अंकले घटेर २,२२३.७८ विन्दुमा पुगेको थियो। शुक्रबार बिहानी सत्रमा झिनो अंकले बढिरहेको नेप्से मौद्रिक नीतिको तेस्रो त्रैमासिक अवधिको समीक्षा आएलगत्तै घट्न थालेको थियो।

मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताहरूलाई निरुत्साहित गरेपनि बजेटमाथि उनीहरूको अपेक्षा थियो। उनीहरू पुँजीगत लाभकर घटाउने अपेक्षामा थिए। तर यसबारेमा बजेटले कुनै व्यवस्था नगरेपछि लगानीकर्ताहरू निरुत्साहित देखिएका छन्। मंगलबार २२९ कम्पनीका २७ हजार ५१९ कारोबारबाट ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेर १४७५.८० रुपैयाँ पुग्यो । एनएमसी ५०, सामलिङ पावर, एनआईसी ग्रोथ फण्डसहितका कम्पनीको सेयर मूल्य पनि बढेको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्सको मूल्य ६.५० प्रतिशतले घटको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ