काठमाडौँ,
१७ फागुन
राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
नेपाली कांगे्रसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकता साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले समग्रमा बजेट सकारात्मक रहेको भन्दै ठूला परियोजनामा रकम छुट्याउने र खर्च नहुने परिपाटीको अन्त्यका लागि ध्यानाकर्षण गराउनुभयो । उहाँले कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस कार्यक्रम समावेश हुन नसकेको टिप्पणी गर्नुभयो । नेकपा माओवादी केन्द्रका उदयबहादुर बोहराले बजेट जनभावनाअनुरुप रहेको र कृषि उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैको साथ चाहिने खाँचो औंल्याउनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal