काठमाडौँ,

१८ जेठ
प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ ।

मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण भइरहेको छ । अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकैपटक मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ