काठमाडौँ,

१९ जेठ
एशियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारी बिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उहाँले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राख्नुभयो । अर्थशास्त्री खतिवडाले भन्नुभयो, “बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन्, तर त्यसको व्यवहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो, बिना अध्ययन गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न हुनसक्छ, त्यसैले जुनसुकै कार्यक्रम योजना तर्जुमा गर्दा त्यसको पृष्ठभूमि र भविष्यबारे अध्ययन र समीक्षा गरेर समावेश गरिए मात्रै फलदायी हुन्छ ।”

बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेश गर्दै उहाँले प्रर्याप्त अध्ययन र बिना तयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने तथा यसले देशको आर्थिक विकासमा समस्या उत्पन्न हुने खतरा औंल्याउनुभयो ।

आव २०७९÷८० बजेटमा उत्पादन विशेष त्यसमा पनि प्रदेश विशेष उत्पादनलाई प्राथमिकता दिइनु स्वागतयोग्य कुरा हो भन्दै उहाँले तदसम्बन्धी योजना कार्यक्रम कार्यान्वयनका आधार के र कसरी हुन्छ भनी प्रश्न गर्नुभयो । खतिवडाले निर्यात प्रवद्र्धनमा आकर्षक कार्यक्रम ल्याउन नसकिएको र निजी क्षेत्र पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नभएकाले नेपालमा हरेक वर्ष आयात बढेर व्यापार घाटा भइरहेको उल्लेख गर्नुभयो । छिमेकी मुलुकसँग व्यापार घाटा कम गर्ने उपाय खोजेर उत्पादनमूलक उद्योगको प्रवद्र्धन गरिएको खण्डमा देशको अर्थतन्त्र सुधार हुने उहाँको भनाइ छ ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ