पोखरा १९




जेठ
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो । यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ । मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लािग भएको निकास्की, १९ जेठ र्वाचनमा सबै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् ।
महिला सदस्यमा एमालेका धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मा निर्वाचित हुनुभयो । उहाँहरुले सबैले समान ८६ मत प्राप्त गर्नुभयो । यसैगरी दलित वा अल्पसङ्ख्यकमा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली निर्वाचित हुनुभयो । तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीे ८७ मत प्राप्त गर्नुभयो ।
गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा महानगरमा १६७ जनप्रतिनिधि निर्वाचित भएका छन् । कार्यपालिकामा ४३ सदस्य रहनेमा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक÷एकजना रहने भएका छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले २३ र एमालेले नौ वडामा जित हासिल गरेको थियो । महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए ।
यसैबीच कास्की जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गतेका लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















