काठमाडौँ,
१९ जेठ
सांसद डा भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरिकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उहाँले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताउनुभयो । सांसद रावलले नेपाल पनि आन्तारिक र बाह्य ऋणको चपेटामा पर्न सक्ने कुरा आइरहेका अवस्थामा बजेटले त्यो कुरालाई ध्यान दिन नसकेको सुझाव दिनुभयो । सांसद रावलले सगरमाथासम्म दुई घण्टामा पुग्ने दु्रतमार्ग बनाउने, काठमाडौँबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग बनाउने पनि बजेटको सस्तो लोकप्रियता भएको धारणा राख्नुभयो ।





प्रतिनिधिसभाको आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सकिएको छ । छलफलमा उठेका प्रश्नको जवाफ भोलि अर्थमन्त्रीले दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















