काठमाडौँ,
१९ जेठ
जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिरकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकारी आवश्यक समन्वय र सहजीकरण गर्ने विभागले जनाएको छ ।




विभागका सूचना अधिकारी विभूति पोखरेलले प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको बताउनुभयो । “हामी सेवा सहजीकरणकै लागि बसेका हौँ, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौं हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौँ, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौँ”, सूचना अधिकारी पोखरेलले भन्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















