उमेश भट्टराई, काठमाडौं
बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से १८.२६ अंकले घटेर २,११२.४७ विन्दुमा पुगेको छ। केही समययता बजार निरन्तर लगातार घटिरहेको छ। बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। आज २२७ किसिमका धितोपत्र तथा ऋणपत्रको ३५ लाख ६६ हजार ८१९ सेयर किनबेच हुँदा एक अर्ब १६ करोड १५ लाख १४ हजार रूपैयाँ कारोबार भएको छ।
आज सबैभन्दा धेरै बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ। कम्पनीको आज ९.९७ प्रतिशतले बढेको हो। अघिल्लो दिन कम्पनीको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको थियो। आज सबैभन्दा धेरै घट्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ। यसको ६.४७ अंकले घटेको हो। बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रह्यो । घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal